Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सगरमाथा आरोही बुढामगरलाई राष्ट्रपति पौडेलको बधाई

काठमाडौं । दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगरलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन्।

राष्ट्रपति पौडेलको बधाई तथा शुभकामना सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिकी सुपुत्री अवज्ञा पौडेलले मंगलवार आयोजित एक कार्यक्रमका बीच बुढामगरलाई हस्तान्तरण गरेका हुन्।

ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका मगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका थिए।

राष्ट्रपति पौडेलले शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य व्यक्तिमा जगाउन यो सफलता उदाहरणीय बनोस् भन्ने कामना गरेका छन्।

हरिले यो आरोहणसँगै सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ ९घुँडामाथिबाट दुवै अङ्ग विच्छेदन० व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077