Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोसी प्रदेशको बजेट अधिवेशन आइतबारका लागि आह्वान

विराटनगर । कोशी प्रदेशको बजेट अधिवेशन यही जेठ १४ गते आइतबारका लागि आह्वान गरिएको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन १४ गते दिउँसो २ बजेका लागि आह्वान गरेका हुन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को यही जेठ ८ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077