Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नवनियुक्त वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री प्रमिलाले लिए शपथ

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शपथ गराएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेका थिए।

जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077