Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ठुला दलका नेताहरूलाई रवि लामिछानेको आग्रह - एक पटक विगतमा गरेका काम फर्केर हेर्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठुला दलका नेताहरूलाई ३० वर्षमा आफूहरूले गरेको काम एक पटक फर्केर हेर्न आग्रह गरेका छन् ।

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा बुधबारको प्रतिनिधिसभा बैठकमा भाग लिँदै सांसद लामिछानेले यस्तो आग्रह गरेका हुन् ।

लामिछानेले भने, ‘लामो समय राजनीति गरिरहनु भएको नेताजीहरूले संसद्को रोष्ट्रममा आएर एकअर्कालाई छेडखानी गरिरहेको, मैले मेरो कार्यकालमा यसो गरे उसो गरे भनिरहनुभएको कथा हामीले पढ्यौँ। तपाईँहरूले यो ३० वर्ष के गरेँ हेर्न एक पटक कान्ति बाल अस्पताल जानुहोला। सरकारी विद्यालय जानुहोला। त्यसैले संसदमा एकअर्कालाई छेडखानी गर्नको लागि एकअर्काकै घरमा गएर चिया खाएर कुराकानी गर्नुस्। यो महत्त्वपूर्ण ठाउँलाई दुरुपयोग नगर्नुस्। चिया खाने ठाउँ अभाव छ भने भर्खरै आएका दल तथा सांसदहरूकहाँ आउनुस्।’

उनले दलका नेताहरूले यो गरेँ र उ गरेँ भनेर संसदमा छेडखानी गरेको सुनेको उल्लेख गर्दै त्यसको कुनै औचित्य नभएको समेत बताए । यो ३० वर्षको मूल्यांकन गर्दा सांसद भएर एक अर्कालाई छेडखानी गर्नुको औचित्य नभएको लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077