Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्चमा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

युवराज पौडेल ‘सफल’ले लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता गरेका हुन् ।

सर्वोच्च अदालतमा मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका लागि सुनुवाइको मिति तोकिएको छ ।

लामिछाने सांसद पदका लागि अयोग्य रहेको भन्दै पेस भएको रिट दरपीठ गर्ने रजिस्ट्रारको निर्णय बदर गर्दै सर्वोच्चले लामिछानेको सांसद योग्यतासम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश दिएको थियो ।

रिट निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गरिएको छ ।

रवि सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी गर्दै रिट निवेदनमा मुद्दाको अन्तिम निर्णय नहुँदासम्म उनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यको रूपमा कार्य गर्न रोक लगाउन माग गरिएको छ ।

युवराज पौडेलले लामिछाने गत वैशाख १० को चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत वैशाख २५ मा पेस भएको रिटलाई सर्वोच्चका रजिस्ट्रारले २८ गते दरपीठ गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077