Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • आजको मौसम : पहाडी भेगमा वर्षा, तराईमा हावाहुरी

    आजको मौसम : पहाडी भेगमा वर्षा, तराईमा हावाहुरी

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 699
    SHARES

    काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

    जसकारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।



    आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोसी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राति पनि तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार