Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विचाराधिन मुद्धामा रविले भने - घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरेको बताएका छन् ।

सर्वोच्च अदालतमा राहदानी प्रकरणको मुद्धा विचाराधिन रहेको अवस्थामा रविले जनताको सहानुभुति बटुल्ने गरी सामाजिक संञ्जालमा स्टाटस लेखेका हुन् ।

सभापति लामिछानेले भने,'मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ। सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य प्रमाणीत गरेको छ। अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु । अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं। घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।'

सर्वोच्च अदालतले बुधवार लामिछानेविरुद्ध मुद्दा दर्ता गरेपछि बिहीबार बिहान उनले सामाजिक सञ्जालबाट मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताए ।

सर्वोच्च अदालतको मिति २०७९—१०–१३ को फैसलाको प्रकरण नं। २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको लामिछानेले बताए ।

अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको उनको दाबी छ ।

बुधवार प्रतिनिधि सभाको दोस्रो बैठकमा कांग्रेस सांसद चौरशियाले लामिछानेको नागरिकता विवादबारे बोलेका थिए । जबकी संसदमा उनले अदालतमा विचाराधीन विषयलाई संसद्मा उठाउन नपाउने भन्दै विरोध जनाएका थिए ।

सांसद चौरसियाले संसद बैठमा प्रश्न गरेपछि रविले सरकार, अदालत र आवश्यक पर्ने सम्पूर्ण डकुमेन्टहरु उपलब्ध गराइसकेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077