Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टाउकोमा गोली प्रहार गरी वृद्धको हत्या

रौतहट । टाउकोमा गोली लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ।

जिल्लाको देवाही गोनाही नगरपालिका १ करुनियामा ७० वर्षीय शेख तैयबको गाली लागेर मृत्यु भएको हो ।

तैयबलाई गोली कसले हानेको हो भन्ने खुलेको छैन। करुनिया नजिकै रहेको आरोही बाल एकेडेमी नजिक तैयबको शव विहीवार भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तैयबको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077