Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राजदूत शंकर शर्मा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकट भविष्यमै भारत भ्रमण गर्न लागेको बेला राजदूत भारतीय विदेश सचिव भेट्न पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अर्को साता हुँदै छ। भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्ने तयारी छ।

यशंकरले ट्वीटरमार्फत भनेका छन्, ‘आज बिहान नेपालका राजदूत डा शंकर शर्मालाई पाउँदा खुसी लाग्यो। हामीबीच गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भयो। आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्ध छौँ।’

भेटमा दुबै जनाले आगामी दिनमा नेपाल भारत सम्बन्धलाई झन् गहिरो र मजबुद् बनाउने इच्छा र प्रतिवद्धता व्यक्त गरेको राजदूत शर्माले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077