Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णालीमा बजेटको प्राथमिकता र सिद्धान्त : सबै नागरिकको स्वास्थ्य परीक्षण गर्ने (पूर्णपाठ)

सुर्खेत । कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू पेश गरेको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले बिहीबार आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू पेश गरेको हुन् ।

आगामी आर्थिक वर्षमा सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रदेश सरकारको लक्ष्य छ। त्यसका लागि प्रदेश सरकारले विशेष नीति लिएको मन्त्री सिंहले जानकारी दिए।

उनले भने, ‘आगामी आर्थिक वर्षदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालाहरूको सहकार्यमा कर्णाली प्रदेशभित्रका सबै नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षणलाई अभियानको रूपमा सञ्चालन गर्ने नीति लिइनेछ।’

सिंहले कर्णालीको भौगोलिक अवस्थालाई ध्यानमा राखी वित्तीय सुशासन कायम गर्दै दिगो विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिने उल्लेख गरे ।

हेर्नुहोस् पूर्ण पाठ 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077