Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आन्दोलनकारीले लुकाएर राखेको वाकीटाकी बरामद

मोरङ । प्रहरीले कोशी प्रदेशको नाम खारेज हुनुपर्ने माग राखेर आन्दोलनरत पहिचान पक्षधरले लुकाएर राखेको वाकीटाकी बरामद गरेको छ ।

सुरक्षा निकायले मात्रै प्रयोग गर्न मिल्ने संचार सेट विराटनगरको संगम पार्टी प्यालेसबाट प्रहरीले बरामद गरेको हो ।

पार्टी प्यालेसभित्र लुकाएर राखेको अवस्थामा ४ वटा सेट बरामद गरिएको जिल्ला प्रहरी कायालय मोरङले जनाएको छ ।

कार्यक्रमस्थलबाट संचार सेट बरामद भएपछि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077