Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरणमा ओलीलाई विश्वप्रकाश शर्माको कटाक्ष – फैसला सुनाउन हामी न्यायाधीश होइनौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजियो भन्ने केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले संसदको रोष्ट्रमबाट ओलीले बोलेको कुरामा विरोध जनाएका हुन् । एमाले अध्यक्ष ओलीले रोष्टममै उभिएर भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजियो भनेका थिए ।

महामन्त्री शर्माले को दोषी र को निर्दोष भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेकाले कोही अमुक ब्यक्ति दोषी, निर्दोष रहेको कुरा रोष्ट्रमबाट फैसला सुनाउन नहुने बताए।

महामन्त्री शर्माले भने,' निर्दोष फसाउन खोसियो भन्ने वाक्य उल्लेख गरियो। को दोषी, को निर्दोषी नेपाल प्रहरीले छानविन गर्दैछ। हामी न्यायधीश होइनौं यहाँबाट फैसला सुनाउन।'

उनले सरकारले भ्रष्टाचारको फाइल खोलेको बेला सत्तापक्ष र प्रतिपक्ष दुबैले साथ दिनुपर्ने पनि बताए। महामन्त्री शर्माले को दोषी र को निर्दोष भनेर नेपाल प्रहरीले छानबिन गर्ने बताए ।

कांग्रेस नेताहरु विगतमा जेल परेको र अहिले पनि मुद्दा सामना गरिरहेको भएपनि को निर्दोष को दोषी नभनेको महामन्त्री शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077