Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निषेधाज्ञा लगाएर कोशी प्रदेशको बजेट अधिवेशन आजबाट, बिहानै १३ जना पक्राउ

विराटनगर । कोशी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार दिउँसो २ बजेलाई प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशको नाम पहिचानको आधारमा पुनः हुनुपर्ने माग गर्दै आन्दोलनरत पहिचानवादीको संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

पहिचानवादीको आन्दोलनका कारण सम्भावित प्रदर्शन र झडपलाई मध्यनजर गरी प्रशासनले विराटनगरका विभिन्न ठाउँमा निषधाज्ञा लगाएको छ । तर, पहिचानको आधारमा प्रदेश नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेकाहरू बिहानैदेखि प्रदर्शनमा उत्रिएपछि प्रशासनले धरपकड सुरू गरेको हो।

आन्दोलनमा उत्रिएका लिम्बुवान भोलिन्टियर्सका १३ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077