Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी नामाकरण खारेजीको माग गर्दै निषेधित क्षेत्र तोड्ने ४५ जना प्रदर्शनकारी पक्राउ

मोरङ । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका ४५ जना पहिचान पक्षधर प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश नाम खारेजको माग गर्दै विराटनगरस्थित प्रदेशसभा घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोड्ने ४५ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु कोशी प्रदेशको नाम पहिचानका आधारमा पुन संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा भवन अगाडि पुगेका थिए ।

प्रदर्शनकारीले विराटनगरको देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान खोजेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रदर्शनकारीले भाटा, गुलेलीलगायतका घरेलु हतियारसहित आन्दोलनमा उत्रेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077