Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बूले भनिन् - म सरकार र पहिचान पक्षधरको निशानामा परें

विराटनगर । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले आफू सरकार र आन्दोलनकारी दुवैको निशानामा परेको गुनासो गरेकी छन् ।

प्रदेशसभा बैठकमा बोल्दै उनले सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पक्षको निशानामा परेको बताएकी हुन् ।

उनले कोशी प्रदेशसभामा बोल्दै आफू, आफ्नो परिवारको र मन्त्रालयको सुरक्षामा सरकारले ध्यान नदिएको बताइन् ।

स्वास्थ्यमन्त्री लिम्बूले भनिन्, ‘सरकारले गोली ठोक्ने मलाई, आन्दोलनरत पक्षले पनि ढुंगामुढा गर्ने मलाई । भोलि भैपरी आउने समस्याको जिम्मेवारी कसले लिने, मलाई जवाफ चाहिन्छ ।’

प्रहरीले स्वास्थ्य मन्त्रालय र आपूर्ति केन्द्रमा प्रहार गरेको अश्रुग्याँसले असर गरेको बताउँदै उनले सुरक्षाको माग गरिन् । प्रहरीले आन्दोलनकारीलाई प्रहार गरेको अश्रुग्याँसका कारण स्वास्थ्य मन्त्रालयमा समेत बस्न नमिल्ने भएको मन्त्री लिम्बुले बताइन् ।

आवाजविहीनहरूको मुख बन्द भएको भन्दै उनले पहिचानको आन्दोलन वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077