Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आन्दोलनहरूले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा खासै ल्याएन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले गणतन्त्रले ल्याएका परिवर्तनलाई नागरिकको जीवनपद्धतिमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

गणतन्त्र दिवस– २०८० को अवसरमा शुभकामना दिँदै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा परिवर्तन नभएको आम अनुभूति रहेको बताए ।

‘हाम्रा आन्दोलनहरूले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा खासै परिवर्तन नभएको आम अनुभूति छ।’ सन्देशमार्फत सभामुख घिमिरेले भनेका छन्,‘नागरिकका विकासका चाहनाहरू, समृद्धिका अपेक्षाहरू र सेवा प्रवाहका लागि अपेक्षित सहजताहरू प्रदान गर्न अझै प्रयत्न गर्नुपर्ने आवश्यकता देखिएको छ भने सुशासनका पक्षमा निर्ममतापूर्वक काम गर्न जनताको प्रयत्न उत्तिकै बलशाली हुँदै गएको छ। ’

उनले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077