Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सगरमाथा दिवसका अवसरमा काठमाडौंमा पदयात्रा

काठमाडौं । १६ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको सोमबार ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा भने प्रभातफेरी गरिएको छ ।

पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलगायतको सहभागिता रहेको थियो ।

नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन पहिलोपटक सगरमाथामा आफ्नो पाइला राख्न सफल भएका थिए ।

सगरमाथाको पहिलो पटक सफल आरोहण गरेको अवसरमा नेपालमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाईँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077