Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवि लामिछानेले भने - रेशम चौधरीमाथि न्याय भएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रेशम चौधरीलाई गलत प्रक्रियाबाट छुटाइएको बताएका छन् ।

संसद भवन परिसरमा बोल्दै सभापति लामिछानेले आममाफी दिएर छोड्दा स्वयंम रेशमलाई न्याय नभएको बताएका हुन् ।

लामिछानेले भने, ‘रेशम चौधरी छुट्नुभयो, ठीक छ । तर रेशम चौधरीमाथि न्याय भएन । अहिले उहाँ निर्दोष भएर छुट्नु भएन । जुन लडाईँ उहाँको थियो, यो लडाइँ उहाँले जित्नु नै भएन ।’

लामिछानेले चौधरी दोष स्वीकार गरेर निस्किएको टिप्पणी गरे। एउटा व्यक्ति जेलमुक्त हुँदा खुसी हुनु आफ्नो ठाउँमा भए पनि थारुहरुको संघर्षले विजय प्राप्त नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077