Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश राईको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा न्यायाधीश शंकर बहादुर राईको इजलासमा सुनुवाइ हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंको इजलास नम्बर–१८ मा न्यायाधीश राईले सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ ।

पेसीको तेस्रो नम्बरमा परेकाले उक्त मुद्दा आजै सुनुवाइ हुने सम्भावना देखिएको छ।

यसअघि गत मंसिर ७ देखि १४ गतेसम्म उक्त मुद्दाका पक्ष–विपक्ष दुवैको बयान र बकपत्र पनि राईकै इजलासमा भएको थियो।

गत वर्ष भदौ ५ गते पटकपटक बलात्कार गरेको आरोपमा भदौ २१ गते उनीविरुद्ध जाहेरी दर्ता भएको थियो । उनी पक्राउ पुर्जी जारी भएको एक महिनापछि असोज २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077