Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीप लामिछानेको मुद्दामा आज पनि भएन सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि अन्तिम सुनुवाई नहुने भएको छ ।

बलात्कार अभियोगमा एक किशोरीले सन्दीपविरुद्ध दायर गरेको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा अन्तिम सुनुवाई तोकिएको थियो ।

तर, मुद्दाको अन्तिम फैसलाका लागि न्यायाधीश शंकरबहादुर राईको इजलासमा आजलाई पेसी तोकिएको उक्त मुद्दा  सुनुवाई नहुने भएको अदालतले जनाएको छ।

उक्त प्रकरणमा किशोरीले क्षतिपूर्ति दिन माग गर्दै दायर गरेको निवेदनसमेत साथै राखी पेश गर्न अदालतका न्यायाधीशले आदेश दिने भएका छन् ।

अब अर्काे पेसी कहिले तोक्ने भन्नेबारे आजै टुंगो लगाउने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077