Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • नेता खनालले भने – नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरीत

    नेता खनालले भने – नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरीत

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 750
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरीत भएको बताएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले मन्त्रिपरिषद्को बैठकबाट पास गरेर प्रमाणीकरण गराउनु संविधानविपरीत भएको बताएका हुन् ।



    उनले कुनैपनि विधेयक संसद्ले पास गरेपछि त्यसलाई प्रमाणीकरणका लागि पठाउने अधिकारी भनेको संसद्को सभामुख मात्रै हुने उल्लेख गर्दै सभामुखले पठाएको विधेयकलाई १५ दिनभित्रमा प्रमाणकीरण गर्नुपर्ने र प्रमाणीकरण नभए विधेयक जीवित नहुने जिकिर गरे ।



    उनले एउटा अधिवेशनमा विधेयक प्रमाणीकरण भएन भने जस्ताको त्यस्तै राष्ट्रपति समक्ष विधेयक जान नसक्ने भन्दै सरकारले कानुन मिचेर विधेयक प्रमाणीकरणका लागि पठाएको आरोप समेत लगाए ।

    उनले भने, ‘यो विधेयक अहिलेको सभामुखले पठाएको हो ? उहिलेको पठाएको १५ दिनमा प्रमाणीकरण हुनुपर्छ । त्यो जिउँदै छ कि छैन ? अचम्मको कुरा अहिले प्रमाणीकरण भयो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार