Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभापति देउवालाई गगनको प्रश्न : कार्यकर्तामा निराशा चुलिएको छ, नेतृत्व छोड्न तयार हुनुहुन्छ?

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सुधार गरी अघि बढाउनुको विकल्प नभएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीलाई सुधार गरी अघि बढाउनुको विकल्प नभएको बताएका हुन् ।

पार्टी नेतृत्वको गलत निर्णयका कारण कांग्रेसप्रति जनताको निराशा बढेको भन्दै पार्टी सुधारको अभियानलाई अघि बढाउनुपर्ने बताए । महामन्त्री थापाले काम गर्न नसकेको अवस्थामा सभापति शेरबहादुर देउवाले पद छोड्न तयार हो कि होइन भन्दै प्रश्न समेत गरे।

उनले भने, ‘पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न पनि आउँछ। त्यसमा उहाँ तयार हुनुहुन्छ ।'

उनले चुनावअघिको गठबन्धनले नै पार्टीप्रतिको विश्वासमा संकट देखापरेकाले आगामी चुनावमा सबै दलबीच गठबन्धन भएपनि कांग्रेस एक्लै चुनाव लड्छ भन्ने आश्वस्त पार्नुपर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077