Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रचण्ड र रवि लामिछाने गएको भोलिपल्ट बालेन शाह पनि भारत उडे

    प्रचण्ड र रवि लामिछाने गएको भोलिपल्ट बालेन शाह पनि भारत उडे

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भारत भ्रमण गएको भोलिपल्ट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि गएका छन् ।

    उपप्रमुख सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर शाह बिहीबार भारत उडेका हुन् । उनी भारत जानुको कारण भने खुलाइएको छैन् । तर स्रोतका अनुसार पत्नी सविना काफ्लेको उपचारका लागि मेयर शाह बैंगलोर गएको बुझिएको छ ।



    कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर शाहले डंगोललाई अख्तियारी दिएका छन् ।



    हिजो प्रधानमन्त्री प्रचण्ड चारदिने भारत भ्रमणमा निस्किएका थिए । उनले आज त्याहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । यस्तै बुधबार नै रास्वपाका सभापति रवि लामिछाने पनि पत्नीसहित भारत गएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार