Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोसी प्रदेशकी निवर्तमान स्वास्थ्यमन्त्रीद्वारा राजीनामाबारे सदनमा जानकारी

विराटनगर । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला तावा लिम्बूले आफ्नो राजीनामाबारे सदनलाई जानकारी गराएकी छन् ।

प्रदेशसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै उनले बुधबार मुख्यमन्त्री हिक्मत कार्कीलाई पदबाट राजीनामा दिएकोबारे जानकारी दिएकी हुन् ।

निवर्तमान स्वास्थ्यमन्त्री लिम्बूले आफूले छोटो समय कार्यभार सम्हाले पनि उत्कृष्ट काम गरेको जिकिर गरिन् ।

उनले प्रदेशमा सुकुम्बासीसम्बन्धी समस्या समाधान हुन नसकेकाले सरकारले प्रस्ट रूपमा काम गर्नुपर्ने माग गरिन् ।

पुस २५ गते स्वास्थ्यमन्त्रीमा नियुक्त भएकी लिम्बूले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि राजिनामा दिएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077