Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सफ्टवेयर बन्द भएपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काम ठप्प

    सफ्टवेयर बन्द भएपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काम ठप्प

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 966
    SHARES

    काठमाडौं । राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ । परिचयपत्र निर्माणसम्बन्धी सफ्टवेयर बन्द भएपछि देशभरि नै बिहीबारदेखि सोसम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध भएको छ ।

    परिचपत्र निर्माणसम्बन्धी काम गर्ने कम्पनीको सम्झौता थप हुन नसक्दा परिचयपत्र निर्माणसम्बन्धी सम्पूर्ण काम अवरोध भएको हो ।



    राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी सर्भरमा समस्या आएको बताउँदै सोको व्यवस्थापन भइरहेको जानकारी दिए । उनले भने, ‘सर्भरमा समस्या आएको हो । त्यसको व्यवस्थापन हुँदै छ ।’



    राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी ‘अपरेसन’ गरिरहेको फ्रान्सेली कम्पनी आइडेमियासँगको सम्झौता अवधि समाप्त भई सो कम्पनीले सर्भर नै बन्द गरिदिएको हो। उनले भने, “हामीले ‘कोर्डिनेट’ गरिरहेका छौं ।”

    उनका अनुसार सम्झौताको अवधि आठ महिनाअघि नै समाप्त भइसकेको हो । सो कम्पनीसँग कहिले नवीकरण हुन्छ ? भन्ने जिज्ञासामा उनले भने, “नवीकरणको प्रक्रिया सुरु नभएको होइन, अलिकति ढिलो मात्र भएको हो।” उहाँले परिचयपत्र निर्माणसम्बन्धी काम छि‌ट्टै सुरु हुने बताए। गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार