Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • इन्दौरबाट प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली प्रस्थान

    इन्दौरबाट प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली प्रस्थान

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 357
    SHARES

    काठमाडौं। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

    इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले बिदाइ गरेका हुन् ।



    मुख्यमन्त्री चौहानले विमानभित्रै पुगेर नेपाली प्रतिनिधिमण्डलको बिदाइ गरेका थिए । सो क्रममा मुख्यमन्त्री चौहानले भारत–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन आफूहरु तयार रहेको बताए ।



    उनले भारत र नेपालबीच सदियौँ पुरानो सम्बन्ध रहेको र यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्यप्रदेशको इन्दौर पुगेका थिए ।

    इन्दौरमा रहँदा उनले उज्जैनस्थित श्री महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार