Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मलेसियाले नेपाललाई दियो ११० रनको लक्ष्य

काठमाडौं । पाँच खेलको महिला टी-२० आई शृङ्खलाअन्तर्गत अन्तिम खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ ।

घरेलु टोली मलेसियाले निर्धारित पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १०९ रन बनाएको हो ।

मलेसियाका लागि वान जुलियाले ४७, विनिफ्रेड डुराइसिंगमले २४, महिराह इज्जाती इस्माइलले २० रन, ऐना हशिमले ६ रन बनाइन् ।

बलिङतर्फ नेपालकी कविता जोशीले २ र ईश्वरी विष्टले एक विकेट लिइन् । यसअघि भएका चार खेलमा नेपाल र मलेसियाले शैङ्खला २-२ को बराबरी गरेका छन् ।

आजको खेल जित्नेले शृङ्खला जित्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077