Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले, राप्रपागायत प्रतिपक्ष दलले गरे संसद अवरोध

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन्।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका हुन् ।

आइतबार संसदको बैठक सुरु भए लगतै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी  र राप्रपाका सांसदहरु उठेका थिए ।

एमाले प्रमुख सचेतक पदम गिरीले संवैधानिक प्रकृयाअनुरुप नागरिकता प्रमाणिकरण गरिएको भन्दै संसद् अवरोध गर्नुपरेको बताए ।

गिरीले भने, ‘सरकारको बजेट वक्तव्यलाई लिएर छलफल गर्ने तयारीमा थियौं । तर, दुर्भाग्य सरकारले संविधानलाई मिच्यो । लाखौंको संख्यामा नेपालीले नै नागरिकता नहुँदा पिडा छ । तर, संवैधानिक प्रकृया अनुरुप नागरिकता प्रमाणिकरण हुनुपर्छ । सरकार संविधान पालना गर्ने पक्षमा छैन । ’

प्रमाणिकरण गरिएको विधेयक निष्कृय राख्नुपर्ने र सो विधेयक संसद्मा पेश गर्नुपर्ने बताए । बैठकमा गिरीले निष्क्रिय विधेयक प्रमाणीकरण गर्दै जाने हो भने राजाका पालामा लालमोहर लाग्न नसकेका विधेयक पनि जारी हुन सक्ने आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077