Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवि लामिछानेले भने - प्रधानमन्त्रीका कारण नागरिकता विधेयक अदालत पुग्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण नागरिकता विधेयक अदालत पुगेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा बोल्दै सभापति लामिछानेले गैरकानुनी ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताएका हुन् ।

सभापति लामिछानेले भने,‘प्रधानमन्त्री प्रचण्डले संसद्को अधिकार छल्नु मात्रै भएको छैन । संसद्मा अहिले आएको भए नागरिकता लिदा महिलामाथि भएको विभेदबारे बोल्न चाहन्थ्यौं । यो दोष प्रधानमन्त्रीले लिनुपर्छ । प्रधानमन्त्रीका कारण नागरिकता विधेयक अदालत पुग्यो ।’

राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सर्वोच्च अदालतमा मुद्दा परेको छ।

सर्वोच्चले मुद्दामाथि आइतबार प्रारम्भिक सुनुवाइ गर्दै प्रमाणीकरण विधेयक तत्काल ऐनका रुपमा लागू नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077