विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय पदाधिकारीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको छ ।
पार्टीको निर्णयपछि संसदीय दलको बैठक बसेर आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभालाई गराउने माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रबाट सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईँ र वन, वातावरण तथा पर्यटनमन्त्री जीवन आचार्य सहभागी रहेका छन् ।
एमाले, माओवादी, राप्रपा र जसपाको गरी ५९ सांसदको समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।