Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीमा आफ्नै नेतृत्वको सरकार बनाउने कांग्रेसको निर्णय

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको छ ।

मंगलबार बसेको कोशी प्रदेश कांग्रेस संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।

कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईका अनुसार कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय संसदीय दलले गरेको छ ।

मंगलबार नै नेकपा माओवादी केन्द्रको प्रदेश संसदीय दल र पार्टी पदाधिकारीबीच बसेको संयुक्त बैठकपछि माओवादी केन्द्रले कोशी सरकार छाड्ने निर्णय गरेको थियो ।

साथै यसअघि नै जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । जसले गर्दा एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । यहीबीचमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरेको हो ।

मुख्यमन्त्री कार्की एमाले, माओवादी, राप्रपा र जसपाको गरी ५९ सांसदको समर्थनमा गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077