Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेश सरकारबाट माओवादीका दुई मन्त्रीले दिए राजीनामा

विराटनगर । नेकपा माओवादी केन्द्रका तर्फबाट कोशी प्रदेश सरकारमा मन्त्री रहेका दुई जना मन्त्रीले राजीनामा र दिएका छन्।

भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन्।

मंगलबार माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् ।

उनीहरू गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए । मंगलबार प्रदेश पदाधिकारी र संसदीय दलको बैठकले माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट पनि मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077