Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

विराटनगर । कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सरकारमा देखिएको सत्ता समीकरण हेरफेरले प्रदेशसभाको बैठक स्थगित भएको हो ।

जेठ २४ गते कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने तयारी भएपनि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशसभा अनिश्चित बनेको छ । ढिलोमा प्रदेशले असार १ गतेसम्म बजेट ल्याइसक्नुपर्ने कानूनी प्रावधान छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा नेकपा एमाले, माओवादी र कांग्रेसका सांसदहरूबीच जुहारी चलेको थियो ।

बैठकमा प्रदेश सरकारको तर्फबाट सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले महालेखाको प्रतिवेदन प्रदेशसभामा पेस गरेका थिए ।

प्रतिवेदन प्रदेश सभामा पेस भएपछि सभामुख बाबुराम गौतमले अर्को बैठक अनिश्चितकालको लागि स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077