Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • दुबई पठाईदिन्छु भन्दै लाखौं ठगी गर्ने मुना पक्राउ

    दुबई पठाईदिन्छु भन्दै लाखौं ठगी गर्ने मुना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 999
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-१० घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ४५ वर्षीया मुना देवी कार्की रहेकी छन् ।



    पक्राउ परेकी कार्कीले उमेश श्रेष्ठलाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि दुबई पठाई दिने भन्दै ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    कार्की ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

    पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कार्कीलाई आज बबरमहलबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेकी कार्कीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार