Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • नक्कली शरणार्थी प्रकरण : प्रतिवादीतर्फका वकिलको बहस आजदेखि

    नक्कली शरणार्थी प्रकरण : प्रतिवादीतर्फका वकिलको बहस आजदेखि

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस सुरु हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस सुरु हुन लागेको हो ।

    मुद्दाको थुनछेक प्रक्रियाअन्तर्गत सरकारी वकिल पक्षको बहस मंगलबार सकिएको थियो । नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ ।



    आइतबार सरकारी वकिलका तर्फबाट महेश खत्रीले बहस गरेका थिए। त्यसपछि सोमबार र मंगलबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेले लगायतले बहस गरे । आज सुरुमा केशव दुलालका कानुन व्यवसायीले बहस गर्ने छन् । त्यसपछि सानु भण्डारीका कानुन व्यवसायीले बहस गर्ने छन् ।

    थुनछेक बहस सकिएपछि न्यायाधीश न्यौपानेको इजलासले प्रतिवादीहरुलाई धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ ।

    अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्नेछन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनुपर्नेछ ।

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार