Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मुगु हिउँ पहिरोमा बेपत्ता भएका ३ जनाको शव फेला

    मुगु हिउँ पहिरोमा बेपत्ता भएका ३ जनाको शव फेला

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 843
    SHARES

    फाइल तस्विर

    मुगु । हिउँ पहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक मृत अवस्थामा फेला परेका छन् ।

    मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव ३२ दिनपछि फेला परेको हो ।



    मुगुको मुगुम कार्मारोङ गाउँपालिका९२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा सङ्कल गर्न गएका उनीहरु हिउँपहिरोमा परी बेपत्ता भएका थिए।



    बेपत्तामा भएका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कर्णाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

    शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाइ दाहसंस्कार गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार