Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एन्फाले पायो 'ए' डिभिजन लिगका लागि मुख्य प्रायोजक

काठमाडौं । सहीद स्मारक 'ए' डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ एन्फाले बल्ल मुख्य प्रायोजक पाएको छ ।

लिगको अब आजसहित जम्मा १० खेल बाँकी रहँदा एन्फाले मुख्य प्रायोजकको रुपमा कतार एयरवेजसँग सहकार्य गर्न लागेको हो ।

विगतमा कतार एयरवेजले नै 'ए' डिभिजन लिगको मुख्य प्रायोजन गरेको थियो । तर अहिलेको कार्यसमिति आएपछि एन्फासँगको सहकार्यवारे कतार एयरवेजले चासो दिएको थिएन ।

यो वर्ष २०२३ का लागि ५० हजार र २०२४ का लागि १ लाख ५० हजार अमेरिकी डलरको प्रायोजन प्रस्ताव स्वीकार गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।

९ फागुनदेखि सुरु भएको लिगको उपाधि नवप्रवेशी क्लव चर्च ब्वाइजले जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077