Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वामदेव गौतमले भने - एमाले मेरो घर हो, ओलीले बोलाए फर्किन तयार छु

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाए नि:शर्त फर्किन तयार रहेको बताएका छन् ।

बुधवार राष्ट्रियसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा बोल्दै नेता गौतमले यस्तो बताएका हुन् ।

नेता गौतमले भने,'उमेर हद शारीरिक अवस्था हो । उमेरका आधारमा विभेद गर्न पाइँदैन । यो अपराध हो । यो हट्नै पर्ने हो । यसपटक हटाएको होइन, निलम्बन गरेको हो , यदि उहाँहरूले मलाई खबर गर्नुभो । तपाई आउनुपर्‍यो भन्नुभयो भने म र मसँग भएका साथीहरू लिएर जान्छु । यही अवस्थामा जान्छौँ ।'

अध्यक्ष ओलीले बोलाए आफू नि:शर्त र खुसीसाथ एमालेमा फर्किने उनले बताए । नेता गौतमले पार्टी खोलेको नभएर एकता अभियान मात्रै चलाएको बताए ।एमालेबाट अलग भएका गौतम पार्टीमा फर्किने ७० वर्षे उमेरहद हटाउनुपर्ने बताउँदै आएका थिए ।

अहिले पनि आफू एमालेकै सदस्य रहेको नेता गौतमले दाबी गरे । उनले आफू कुनै पद लिन नभई पार्टीमा योगदान गर्न जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077