Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरणमा तीन अभियुक्तको तर्फबाट कानुन व्यवसायीले गरे बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार तीनजना अभियुक्तहरुको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि अभियुक्तहरुको तर्फबाट कानुन व्यवसायीले बहस गरेका हुन् ।

आज पहिलो दिन केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका छन् । अभियुक्तमध्येका केशव दुलालका तर्फबाट अधिवक्ता विकास भट्टराई, विकास थापा, राजन भट्टराई, नरेन्द्र योगी र वरिष्ठ अधिवक्ता विश्वास आचार्यले बहस गरे ।

त्यस्तै, अर्का अभियतुक्त सानु भण्डारी र टंक गुरुङको तर्फबाट संयुक्त रुपमा अधिवक्ताहरु विनोद शर्मा, चुडामणी पोख्रेल, शिवप्रसाद रिजाल, साधुराम सापोटा, शरदप्रसाद कोइराला, षडानन्द कँडेल र नीरसिंह कुमार खत्रीले बहस गरेका छन् ।

सानु भण्डारीकै तर्फबाट भोलि पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नेछन् । थुनछेक बहस सकिएपछि न्यायाधीश न्यौपानेको इजलासले प्रतिवादीहरुलाई धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ ।

अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्नेछन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनुपर्नेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077