Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गल्छी हत्याकाण्ड : हत्या र मानव बेचबिखन कसुरमा तीनैजना आरोपी कारागार चलान

    गल्छी हत्याकाण्ड : हत्या र मानव बेचबिखन कसुरमा तीनैजना आरोपी कारागार चलान

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । धादिङको गल्छी गाउँपालिका–८, निबुवाबोटमा गत वैशाख २७ गते भएका हत्याको घटनाका आरोपीहरूलाई कारागार चलान गरिएको छ ।

    जिल्ला अदालत धादिङले हत्या तथा मानव बेचबिखन मुद्दाका प्रतिवादीहरू सरस्वती पनेरु पण्डित, निजको छोरा नीरज पण्डित र पाल्पा तानसेन नगरपालिका घर भई हाल गल्छी स्थित नीरजकै घरमा डेरा गरी बस्ने किरन राना समेत गरी तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।



    होटेलमा खाजा खाएको पैसाको विषयमा विवाद हुँदा सोही ठाउँका विनोद थापा मगरलाई छुरा प्रहार गर्दा उनको मृत्यु भएको थियो ।



    धादिङ जिल्ला अदालतको जेठ २४ गतेको थुनछेक आदेशले तीनैजना आरोपीलाई पुर्पक्षको लागि कारागार कार्यालय धादिङ चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    शानदार होटल एण्ड लजका सञ्चालक समेत रहेकी पनेरुमाथि मृतक थापामगरको हत्या तथा केटीहरूलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृद्धी गराई मानव बेचबिखन गरेको कसुर समेत लागेको छ । छुरा प्रहारबाट घाइते भएका रानाको उपचारका क्रममा काठमाण्डौं स्थित नर्भिक अस्पतालमा बैशाख २८ गते मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार