Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसदमा भैँसी र राँगोका गफ गरे गोबरबाहेक केही पाउँदैनौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय मर्यादामा आँच आउने गरी भएको बहसका लागि आत्मआलोचना गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा संसद्मा जे नहुनुपर्ने थियो त्यो भएको स्वीकार्दै सांसद लामिछानेले आफ्नो पार्टीको तर्फबाट भएको गलत बहसमा आफूले आत्मआलोचना गर्ने बताए ।

सभापति लामिछानेले भने,'संसद्को मर्यादा राख्न चुकिरहेका त छैनौं ! यसमा ध्यानाकर्षण गराउन चाहन्छु । हामी नयाँ राजनीतिक दलका हिसाबमा चाहे ती हाम्रा पक्षबाट आएका विषय हुन् त्यसप्रति हामी कहीँ न कहीँ लज्जित भएका छौं । यो सदन भैँसी, राँगाको विषयमा गफ गरेर पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौं ।'

प्रतिनिधिसभाको जेठ २२ को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको विषयमा प्रश्न सोध्ने क्रममा रास्वपाका सांसद शिशिर खनालले संसदीय मर्यादाविपरीतको शब्द बोलेका थिए ।

लामिछानेले ती अभिव्यक्तिप्रति आत्मआलोचना गर्न चाहेको बताए । लामिछानेले आफ्नो पार्टी नागरिकता विधेयकको विपक्षमा नभएको स्पष्ट पार्दै विरोधमा रहेको भाष्य प्रमाणित गर्न लागि परेको भन्दै दुःख व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077