Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेले भने - नागरिकता विधेयकमा गलत बाटोबाट गएको हुनाले विरोध गरेका हौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले आफूहरु नागरिकता विधेयकको विपक्षमा नरहेको स्पष्ट पारेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै सांसद लामिछानेले नागरिकता विधेयकको विपक्षमा नरहेको स्पष्टीकरण दिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा विरोध गरेको थियो ।

सांसद लामिछानेले भने, 'जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाहरूका सन्तानको नागरिकताको अधिकार मेरो र तपाईंको जत्ति नै सुनिश्चित हुनुपर्छ । विधेयक संसद्मा आएको भए हामी छलफल गर्थ्यौं, स्वामित्व लिन्थ्यौं तर जुन बाटोबाट प्रमाणीकरण भयो जम्मा विपत्ति यत्तिमा हो । सदनमा आएर छलफल भएको भए त्यहाँ भएको विभेदबारे कुरा गर्ने थियौं ।'

सांसद लामिछानेले नागरिकता विधेयकका बारेमा नभइ वैवाहिक अंगिकृतका बारेमा मात्रै पार्टीले छलफल गर्न खोजेको बताए। एकल आमाहरुका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नै नखुलेको स्वघोषणा गर्नुपर्ने प्रावधान गलत भएको उनको भनाइ छ।

सांसद लामिछानेले नागरिकता विधेयकका सम्बन्धमा आफ्नो पार्टी कुनै समुदायको विरुद्धमा नलागेको स्पष्ट पारे। यस विषयमा जबरजस्ती विवादित कुरा उठाएर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077