Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गौर हत्याकाण्डसम्बन्धी मुद्दा आज पनि हेर्न नभ्याइनेमा

    गौर हत्याकाण्डसम्बन्धी मुद्दा आज पनि हेर्न नभ्याइनेमा

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 612
    SHARES

    काठमाडौं । रौतहटको गौरमा १६ वर्षअघि भएको गौर हत्याकाण्डसम्बन्धी रिट आज पनि स्थगित भएको छ ।

    न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेसी तोकिएको हत्याकाण्डसम्बन्धीको मुद्दा बिहिबार पनि हेर्न नभ्याइनेमा परेको हो ।



    बिहीबार राउतका लागि तीन वटा छुट्टाछुट्टै कजलिस्ट तोकिएको थियो । जसअनुसार न्यायाधीश राउतको एकल इजलास, राउत र कुमार रेग्मीको संयुक्त इजलास तथा राउत र सुष्मालता माथेमा अर्को संयुक्त इजलास तोकिएको थियो ।



    एकल इजलासमा परेको गौर हत्याकाण्ड समेतको सूची रहेको क्लष्टरबाट बन्दी प्रत्यक्षीकरणको एक मात्रै रिट हेरेर अन्य रिट निवेदन भने हेर्न नभ्याउनेमा राखिएको छ । गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

    २०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो ।

    हत्यामा फोरमसम्बद्ध नेता, कार्यकर्ता तथा आपराधिक समूहको हात रहेको दाबी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदासमेत छानबिन नभएको भन्दै पीडितका परिवार तथा आफन्तले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका छन् ।

    तत्कालीन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादवलगायत विरुद्ध कारबाहीको माग गर्दै दिएको जाहेरीमा कारबाही नभएपछि सर्वोच्चमा रिट दिइएको बताइएको छ । २०६३ चैतमा रौतहटको गौरस्थित राइसमिलको चौरमा भएको झडपमा २७ माओवादी कार्यकर्ता मारिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार