Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशकी उपसभामुख सिर्जनामाथि दुर्व्यवहार

विराटनगर । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारमाथि कोशी नामकरणको विरोधमा आन्दोलनरत पक्षले दुर्व्यवहार गरेका छन् ।

उदयपुरको गाईघाटमा उपसभामुख दनुवारलाई आन्दोलनरत पक्षका कार्यकर्ताहरूले दुर्व्यवहार गरेका हुन् ।

उनीहरूले उपसभामुख दनुवार चढेको गाडीको झण्डा निकालेर आक्रमणको प्रयास गरेका थिए ।

यस्तै, पहिचान पक्षधर कार्यकर्ताले नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य राम राना मगरलाई इलाममा कालोमोसो दलेका छन् ।

प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिं थेगिमले राना मगरलाई कालोमोसो दलेका हुन् ।

फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नामकरण हुनुपर्ने पक्षमा रहेका विभिन्न राजनीतिक दल र जातीय संगठन आन्दोलनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077