Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मदिरा सेवन गरेर किशोरीलाई बलात्कारको प्रयास, उच्च अदालतका शाखा अधिकृत पक्राउ

मोरङ । किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उच्च अदालतका कर्मचारी पक्राउ परेका छन् ।

विराटनगर घर भएकी २२ वर्षीया किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशका शाखा अधिकृत नारायण प्याकुरेल पक्राउ परेका हुन् ।

विराटनगर महानगरपालिका–१ पोखरिया घर भएका ४८ वर्षीया प्याकुरेललाई मोरङ प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका प्याकुरेलले मदिरा सेवन गरेर विराटनगरकी २२ वर्षीया किशोरीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ ।

उनले ती किशोरीलाई रातिको समयमा घरमा पुगेर १ हप्ता अगाडि बलात्कारको प्रयास गरेको महिलाले दिएको जाहेरीमा उल्लेख छ ।

प्याकुरेललाई बुधवार पक्राउ गरी जबरजस्ती करणी उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077