Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सडक बनाउने कामदारमाथि खुकुरी प्रहार गरेको अरोपमा ९ जना पक्राउ

    सडक बनाउने कामदारमाथि खुकुरी प्रहार गरेको अरोपमा ९ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सडक बनाउने कामदारमाथि खुकुरी प्रहार गरेको आरोपमा ९ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मधुवन नगरपालिका–२ का सुनिल थारु, ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–२ का सुजेन लामा र रमेश लामामाथि धारिलो हतियार खुकुरी प्रहार गरेको आरोप उनीहरु पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेमा ललितपुरको महांकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाईबा, विनोद न्यासुर, सौरव विक, विजय वाईबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतान रहेका छन् ।



    उनीहरुले जेठ २२ गते ललितपुरको महांकाल गाउँपालिका–३ जप्कामा सडक बनाउने कामदारमाथि धारिलो हतियार खुकुरी प्रहार गरी सख्त घाइते बनाएको आरोप छ । घाइतेहरूलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

    घटनामा प्रयोग गरिएको धारिलो हतियार र ३ थान मोटरसाइकलसहित घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिन थुनामा राख्न अनुमति लिइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार