Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वरिष्ठ अधिवक्ता श्रेष्ठको दाबी - नक्कली भुटानी शरणार्थी प्रकरणमा दर्ता जाहेरी नै अवैध

काठमाडौं । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दर्ता भएको जाहेरी नै अवैध भएको दाबी गरेका छन् । प्रतिवादी सानु भण्डारीको तर्फबाट प्रतिरक्षा बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।

उनले यो प्रकरणमा ठगीको जाहेरी नै दर्ता हुन नसक्ने दाबी गर्दै अवैध ढङ्गले आएको जाहेरी अदालतले ग्रहण गरेर अघि बढ्न नहुने जिकिर गरे । नेपालीलाई भुटानी र भुटानीलाई नेपाली बनाउने कुनै पनि कानूनीव्यवस्था नभएको जिकिर गर्दै गैरकानुनी उद्देश्यले रकम लेनदेन भएकाले जाहेरी नै दर्ता हुन नसक्ने दाबी वरिष्ठ अधिवक्ता श्रेष्ठको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल ईजलासमा भईरहेको थुनछेक बहसका क्रममा कानुनले नै निषेध गरेको विषयमा अदालतबाट बिगोदाबी भराई पाउँ भनेर मुद्दा दर्ता गर्न पाउने की नपाउने भन्दै प्रश्नसमेत गरे ।

थुनछेक बहस सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रतिवादीहरुलाई धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ ।

अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्नेछन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनुपर्नेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077