Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भक्तपुरका चार नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत

    भक्तपुरका चार नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 444
    SHARES

    काठमाडौं । भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउन थालेका छन् ।

    भक्तपुर, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग निःशुल्क रगत उपलब्ध गराउनेबारे सम्झौता गरेपछि यहाँका बासिन्दाले रगत निःशुल्क पाउन थालेका हुन्।



    रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले रगत निःशुल्क प्राप्त गर्नका लागि बिरामीका आफन्तले बिरामीको भक्तपुरभित्र स्थायी ठेगाना भएको परिचय खुल्ने आधिकारिक परिचयपत्र र सम्बन्धित अस्पतालका चिकित्सकको सिफारिसपत्र पेश गरेको आधारमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइरहेको जानकारी दिए।



    ‘जिल्लाका चारवटै नगरपालिका र रेडक्रसले निःशुल्क रगत उपलब्ध गराउनेबारेमा सम्झौता भएपछि यो सेवा सुरु गरेका हौँ’, उनले भने, ‘बिरामीलाई रगत दिएपछि त्यसको शुल्क नगरपालिकाले व्यहोर्ने छन्। यसबाट आर्थिकरूपमा विपन्न नागरिकलाई निकै राहत पुगेको छ।’

    अहिलेसम्म रेडक्रसले करिब एक हजार ६५४ जना भक्तपुर जिल्लावासीलाई दुई हजार पिन्ट रगत एवं रक्ततत्व निःशुल्क वितरण गरेको छ। सबभन्दा बढी भक्तपुर नगरपालिकाका बिरामीका लागि रगत माग हुने गरेको छ।

    सभापति थापाका अनुसार भक्तपुरमा रगतको अभाव छैन। दैनिक विभिन्न ठाउँमा हुने रक्तदान र आकस्मिक रक्तदानबाट रगतको आपूर्ति भइरहेको छ। उनले भक्तपुर मात्रै नभई काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक र उपत्यका बाहिरका अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि समेत रगत उपलब्ध गराइरहेको जानकारी दिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार