Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सांसद अमरेशविरुद्व सर्लाही प्रशासनमा उजुरी, शान्ति सुरक्षाको माग

    सांसद अमरेशविरुद्व सर्लाही प्रशासनमा उजुरी, शान्ति सुरक्षाको माग

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 738
    SHARES

    जनकपुरधाम । नेपाली कांग्रेसका कार्यकर्ता विकास ठाकुरले सुरक्षा ब्यवस्था मिलाइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी दिएका छन् ।

    स्वतन्त्र सांसद अमरेश कुमार सिंहबाट आफू र आफ्नो परिवार असुरक्षित रहेकोले सुरक्षा ब्यवस्था मिलाइदिन ठाकुरले माग गरेका हुन् ।



    सांसद सिंहले अकुत सम्पत्ति कमाएको भन्दै छानविन गरी कारबाही गर्न उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत ठाकुरले केहि दिन अगाडि उजुरी दिएका थिए ।



    त्यसपछि सांसद अमरेशले सुनियोजित रुपमा आक्रमण गर्न लगाएको भन्दै ठाकुरले शुक्रबार सांसद सिंहविरुद्व उजुरी दिएका हुन् ।

    बिहीवार राति मलंगवाबाट घर जाने क्रममा तीन मोटरसाइकलमा चढेका ६ जनाले आफूलाई पिछा गरेर गम्हरीया र सलमपुरको बीचमा आक्रमणको प्रयास गरेको ठाकुरले उजुरीमा उल्लेख गरेका छन् । ‘म विरुद्ध गरिएका यस किसिमका क्रियाकलापले म आफु सुरक्षित नभएको अनुभुति भएको छ । त्यसैले म र मेरो घरपरिवार उचित सुरक्षा व्यवस्था मिलाई दिनु हुन अनुरोध गर्दछु’, उजुरीमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार