Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • लापसे गरी मोटरसाइकल चलाउने पाँचजना चालक ट्राफिक प्रहरीको फन्दामा

    लापसे गरी मोटरसाइकल चलाउने पाँचजना चालक ट्राफिक प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 810
    SHARES

    फाइल तस्विर

    काठमाडौं । लागुपदार्थ सेवनगरी मोटरसाइकल चलाउने पाँचजना चालक पक्राउ परेका छन् ।

    ललितपुरको बाँडेगाउँमा शुक्रवार गरिएको चेकिङका क्रममा लापसे गरेका उनीहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।



    प्रहरीले बाँके घर भई हाल ललितपुरको हात्तीवन बस्ने २२ वर्षीय अंकित महत, अर्घाखाँचीको मालारानी गाउँपालिका ६ घर भई हाल शंखमुल बस्ने २० वर्षीय अनिल बस्नेत, ललितपुरका २३ वर्षीय अमित कार्की, ललिपुरको बाँडेगाउँ बस्ने १८ वर्षीय एलिस महर्जन र मोरङको विराटनगर घर भई हाल चावहिल बस्ने २७ वर्षीय सुमन खड्कालाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।



    नियन्त्रणमा आएका ‍ सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

    नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक प्रहरी परिसर सातदोबाटो, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएका संयुक्त टोलिले हिजो ललितपुरको बाँडेगाउँमा सवारी साधनलाई चेक गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार